अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत भ्रमण गर्ने « Khabarhub

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत भ्रमण गर्ने


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्सले भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। उनीहरू अप्रिल २१ देखि चार दिनको लागि भारत आउन लागेका हुन्।

भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने र द्विपक्षीय वार्ता वार्ता गर्ने छन्।भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ यो उपराष्ट्रपति भान्सको भारतको पहिलो भ्रमण हुनेछ। यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्।’

उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डल दिल्लीमा अन्य कार्यक्रममा पनि सरिक हुने जनाइएको छ। भान्सले अमेरिका फर्कनुअघि जयपुर र आग्राको पनि भ्रमण गर्ने छन्।

भान्सको कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकी उपराष्ट्रपति अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ५९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि