गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै « Khabarhub

गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले तयार पारेको नीति, कार्यक्रम र बजेटबीच समन्वयको अभाव देखिएको छ।

 महालेखापरीक्षकको सातौँ वार्षिक प्रतिवेदन २०८२ मा संघीय सरकारको आवधिक योजना, दिगो विकास लक्ष्य र प्रदेशको क्षेत्रगत नीतिसँग प्रदेशको नीति तथा कार्यक्रमको तालमेल नदेखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा स्थानीय तहबाट सञ्चालन हुने योजनाहरूसमेत प्रदेशको एकीकृत लक्ष्यअनुसार नचलाइएको, नीति तथा कार्यक्रमअनुरूप बजेट विनियोजन नभएको र कार्यान्वयन कमजोर देखिएको उल्लेख छ।

गण्डकी प्रदेश सरकारले २०८०-८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि त्यसको २२ अर्ब २० करोड मात्र खर्च भएको छ। प्राथमिकता नतोकी साना योजनामा रकम खर्च भएको, माग र आवश्यकताको मूल्यांकन नगरी योजना छनोट गरिएको तथा कार्यान्वयनमा समेत कमजोरी देखिएको महालेखाको निष्कर्ष छ।

महालेखाले नीति, कार्यक्रम र बजेट निर्माणमा राष्ट्रिय लक्ष्यसँग समन्वय गर्न, योजनाको प्राथमिकता निर्धारण गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सुझाव दिएको छ। तालमेलको अभावका कारण अपेक्षित विकास परिणाम नआएको भन्दै संरचनागत र कार्यगत सुधारको खाँचो औँल्याइएको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : १८ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश