हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन « Khabarhub

हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ हिट बनेको छ । निर्माण पक्षले दाबी गरेको पहिलो साताको ग्रस कलेक्सनले फिल्म हिट बनेको देखिन्छ ।

वैशाख २६ बाट प्रदर्शनमा आएको फिल्म यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा यस फिल्मले पाँच करोड ७५ लाख ग्रस कलेक्सन गरेको फिल्म निर्माण कम्पनी आर्टमाण्डूले दाबी गरेको छ ।

यो शुक्रबार दुई फ्रेस फिल्म ‘हेल्लो काँसीराम’ र ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनमा आएका छन् । तथापि ‘ऊनको स्वीटर’ले आज पनि करिब दुई सय शो पाएको निर्माण पक्षको दाबी छ ।

नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर यस फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसको प्रभाव ग्रस कलेक्सनमा देखिएको हो ।

वि.सं २०८१ सालमा लगातार विपीनका दुई फिल्म ‘तेल भिसा’ र ‘कर्मा’ फ्लप भएका थिए । ‘ऊनको स्वीटर’को व्यापार निराशजनक भएको अवस्थामा विपीनले फ्लप फिल्म दिनमा ह्याट्रिक हान्ने देखिन्थ्यो ।

लेखक तथा निर्देशक चाहौनलले विपीनलाई ह्याट्रिक हान्नबाट जोगाएका छन् ।

यो फिल्म ०८२ को पहिलो हिट फिल्म बनेको छ । गत फागुनमा प्रदर्शनमा आएको ‘अञ्जिला’ यता कुनै पनि फिल्मले लगानी पनि सुरक्षित गर्न सकेका थिएनन् ।

‘अञ्जिला’ प्रदर्शनमा आएपछि अर्थात् दुई महिनाको अवधिमा दर्जनबढी फिल्म हलमा लागे । सबैको व्यापार निराशजनक थियो ।

०८२ सालको पहिलो हिट फिल्म दिने निर्देशक चौहान बनेका छन् भने नायकमा विपीन कार्की र नायिकामा मिरुना रहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ५९ बजे

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित