‘कान्स’ मा ६२ वर्षीय नायक टम क्रुजको स्टन्टको चर्चा, फिल्मले पायो ५ मिनेट लामो ‘स्टान्डिङ ओभेसन’ « Khabarhub

‘कान्स’ मा ६२ वर्षीय नायक टम क्रुजको स्टन्टको चर्चा, फिल्मले पायो ५ मिनेट लामो ‘स्टान्डिङ ओभेसन’


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड सुपरस्टार टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मजगतको ध्यान खिचेको छ।

नेपाली समयअनुसार बुधबार राति आयोजित प्रिमियरमा टम क्रुजले फिल्ममा गरेको साहसिक स्टन्ट फेस्टिभलको आकर्षण बनेको थियो ।

फिल्ममा रहेको टम क्रुजको ३ मिनेट लामो पानीमुनिको स्टन्ट विशेष चर्चाकाे विषय बन्याे । ६२ वर्षे क्रुजले यो जोखिमपूर्ण दृश्य गरेकामा उनी प्रशंसाको पात्र बने ।

अन्तर्राष्ट्रिय मिडिया भेराइटीका अनुसार क्रुजको फिल्मले प्रिमियरपछि ५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको थियो । कान्स फेस्टिभलको दोस्रो दिन ‘टम क्रुज दिवस’ झैं बनेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । क्रुजको यो फिल्म मिसन इम्पोसिबल फ्रेन्चाइजको अन्तिम सिक्वेल भएकाले पनि दर्शकका लागि उच्च प्रतीक्षित थियाे ।

कान्सको रेड कार्पेटमा क्रुजसँगै फिल्मका निर्देशक क्रिस्टोफर म्याक्क्वारी र अन्य शीर्ष कलाकारहरूको उपस्थिति थियो । क्रुजले यो फिल्मले अघिल्ला सिक्वेल जस्तै बक्स अफिसमा रौनक ल्याउने दाबी गरे । उनले भने, ‘मिसन इम्पोसिबलको यो आठौं श्रृंखलाले बक्सअफिसको रौनक फेरि ल्याउनेछ।’

फिल्लमा क्रुजले आईएमएफ एजेन्ट ‘इथन हन्ट’ को भूमिका निर्वाह गरेका छन् । यो सिक्वेल १७० मिनेट लामो बनेको बताइएको छ । छिमेकी राष्ट्र भारतमा यो फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नेपालमा भने मे २३ देखि फिल्म प्रदर्शनमा आउने चर्चा छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५