दादासाहेब फाल्केको बायोपिकमा ११ वर्षपछि सहकार्य गर्दै अमिर र हिरानी « Khabarhub

दादासाहेब फाल्केको बायोपिकमा ११ वर्षपछि सहकार्य गर्दै अमिर र हिरानी


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक अमिर खान र निर्देशक राजकुमार हिरानीको कामको विशेषता मिल्छ । दुवै सन्देशमूलक फिल्ममा काम गर्ने रुचि राख्छन् ।

‘पीके’ र ‘थ्री इडियट्स’ जस्ता फिल्म यसका उदाहरण हुन् । सन्देशमूलक साथै व्यवसायिक हुने भएकाले बलिउडमा यी दुईका फिल्मले विशेष स्थान पाउँछन् ।

अझ यी दुईको सहकार्यलाई थप विशेष रूपमा हेर्ने गरिन्छ । अर्थात् यी दुईको सहकार्य हुँदा विशेष फिल्म बन्छ भन्ने आम बुझाइ छ । विगतले पनि त्यही भन्छ । यी दुईको पछिल्लो सहकार्य फिल्म ‘पीके’मा देखिएको थियो । यस फिल्मको शीर्ष भूमिकामा अमिर र निर्देशकको जिम्मेवारीमा हिरानी थिए ।

अब फेरि बलिउडमा यी दुईको सहकार्यको चर्चा चलेको छ । बलिउडका लेजेन्ड लेखक, निर्देशक तथा निर्माता दादासाहेब फाल्केको ‘बायोपिक’ का लागि यी दुईले सहकार्य गर्ने भएका हुन् ।

११ वर्षपछि यी दुईले यस फिल्ममा सहकार्य गर्न लागेका हुन् । भारतीय मिडिया पिंकभिल्लाका अनुसार यी दुईबीच उक्त बायोपिकमा सहकार्य गर्ने सहमति भइसकेको छ । सन् २०२६ मा फिल्मको छायाङ्कन सुरु हुने बुझिएको छ ।

हिरानी फिल्म ‘डंकी’ पछि नयाँ प्रोजेक्ट सुरु गर्ने सोचमा छन् । यता अमिर आफ्नो महत्वकांक्षी फिल्म ‘सितारे जमिनर पर’ को काममा व्यस्त छन् । जुन २० मा यो फिल्म प्रदर्शनमा आउँदैछ ।

यस फिल्मको काम सकिएपछि हिरानी र अमिर बायोपिकको काम सुरु गर्ने योजनामा छन् । अहिले यो फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

दादासाहेब फाल्केलाई ‘भारतीय सिनेमाको पिता’ उपनामले पनि चिनिन्छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : १४ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु