जगाती–डोलेश्वर–साँगा सडक निर्माण सुरु « Khabarhub

जगाती–डोलेश्वर–साँगा सडक निर्माण सुरु


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको जगाती–डोलेश्वर–आशापुरी–काक्राबारी–साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १६ करोड रुपैयाँ बजेटको लागतमा निर्माण हुने सडकको बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा शिलान्यास गरे ।

सूर्यविनायक नगरपालिका– वडा नं. ८ र ९ को दुर्गम बस्तीलाई जोड्ने यो सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण सुरु भएको मन्त्री मास्केले बताए । उनले सडक निर्माणले यहाँको पर्यटन विकास र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्यमन्त्री थापाले सडक निर्माण पूरा भएमा यो क्षेत्र धार्मिक पर्यटकको मुख्य केन्द्र बन्ने बताए । उनले हाल जगातीबाट डोलेश्वर हुँदै आशापुरी जाँदा गाडी फर्केर नआएसम्म के भयो होला भनेर डराउनुपर्ने अवस्था रहेकाले सडक निर्माणपछि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर आउने धार्मिक पर्यटकलाई पौराणिक इतिहास बोकेको आशापुरी मन्दिर पुग्न सहज हुने बताए ।

सहरी विकास मन्त्रालयको दुई करोड ५५ लाख रुपैयाँ विनियोजित बजेटबाट जगातीबाट गणेश स्कुल हुँदै डोलेश्वर जाने सडकको स्तरोन्नति सुरु भएको मन्त्री थापाले जानकारी दिए । उनले भने, ‘विसं २०६२ अगाडि यो क्षेत्रमा सडक पुगेको थिएन । त्यसबेलामा म तत्कालीन जिल्ला विकास समितिको सदस्य थिए, त्यहीबाट बजेटको व्यवस्थापन गरेर सुरु गरेको सडक अहिले आठ मिटर चौडासहित कालोपत्र हुने भएपछि निकै खुसी छु ।’

– रासस

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : २४ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको