प्रभु महालक्ष्मी लाइफले बोनस र हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा « Khabarhub

प्रभु महालक्ष्मी लाइफले बोनस र हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा


२ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको एजेण्डासहित वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीका सचिव किशोर प्रसाद लामिछानेका अनुसार इन्स्योरेन्सले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई बोनस समेत दिने भएको छ । 

कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४१२ प्रतिशत नगद लाभांश दिने भएको छ । 

बोनस शेयर र हकप्रद शेयर जारी गर्ने र वार्षिक साधारणसभाका लागि कम्पनीले जेठ १६ गते बुक क्लोजको मिति तय गरेको छ । जेठ १५ गतेसम्म कायम हरेको शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस, हकप्रद र साधारणसभामा भाग लिन पाउने छन् । 

कम्पनीको साधारणसभा जेठ २६ गते सोमबार काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ४ : ५७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका