बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक « Khabarhub

बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका र तराई मधेशका क्षेत्रमा व्यापकमात्रामा हावाहुरी र चट्याङसहितको वर्षाको प्रभाव शुक्रबार साँझ सिंहदरबारमा पनि देखिएको छ ।

बिहीबारदेखि नै बिजुली अनियमित भएको अवस्थामा शुक्रबार सिंहदरबारभित्र पनि बत्ती जाँदा मोबाइल बालेर बैठक गर्नु परेको छ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र संघीय संसद्को शिक्षा उपसमिति बैठक भइरहँदा अचानक बिजुली गयो । त्यसपछि सांसदहरूले बैठक कक्ष उज्यालो बनाउन मोबाइल फोनको लाइटको सहारा लिए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मोबाइल बालेर बैठक गरेको तस्बिर सार्वजनिक गरेकी छन् । बिजुली गएपछि समितिको बैठक मोबाइल बालेर नै चलाइएको छ ।

शिक्षा समितिले सांसद छविलाल विश्वकर्माको नेतृत्वमा बनाएको उपसमितिमा शिक्षा विधेयकमाथि छलफल हुँदैछ । एक महिना लामो शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई यही बजेट अधिवेशनमा पारित गर्ने बताइसकेको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ८ : १२ बजे

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय