चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा  « Khabarhub

चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा 


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुआंगझो– नेपाललाई चीनको गुआंगझोमा सम्पन्न गुआंगझो अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफ-२०२५ मा ‘वर्ष २०२५ को सबैभन्दा लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ को उपाधि प्रदान गरिएको छ । सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छोडेको हो ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा, वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत रविन रेग्मी सहितको टोलीले मे १५ देखि १७ सम्म आयोजित मेलामा सहभागी भई नेपालको विविध गन्तव्य, सांस्कृतिक धरोहर, साहसिक पर्यटन, र दिगो विकास अवधारणा प्रस्तुत गरे । 
वरिष्ठ निर्देशक पन्तले भने, ‘चीन हाम्रो लागि महत्वपूर्ण स्रोत बजार हो। जीआईटीएफ–२०२५ मा नेपालको सहभागिताले संस्कृति, साहसिकता र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रण चिनियाँ दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याउन सकेको छ।’

मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभवहरूलाई विशेषरूपमा प्रदर्शन गर्‍यो । सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठकहरू र जानकारीमूलक सत्रहरू पनि आयोजना गरिएका छन् ।

नेपालले मेलामा ‘नेपाल गन्तव्य सेमिनार’ आयोजना गरी चिनियाँ टुर अपरेटर, एशियाली देशका पर्यटन व्यवसायीहरू र सञ्चारकर्मीहरूलाई नेपालको साहसिक र सांस्कृतिक विविधता चिनाउने अवसर बनायो । वरिष्ठ अधिकृत रेग्मीले भने, ‘नेपाललाई एक पटक अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य बनाउने हाम्रो प्रयासमा जीआटीएफ जस्तो प्लेटफर्म अत्यन्त उपयोगी छ ।’

प्यानलमा युरोप–चीन आयोगका उपमहासचिव डा. पिटर जेंग, श्रीलंका पर्यटन प्रवर्द्धन बोर्डका उपनिर्देशक चिन्थाका लियानाराची, र एनटीबीका वरिष्ठ निर्देशक सन्तोष पन्त सहभागी थिए । छलफलमा चिनियाँ पर्यटक लक्षित रणनीति, प्रवर्द्धन कार्यक्रम, ओभर टुरिज्मका चुनौती र दिगोपनमाथि विस्तृत छलफल गरियो ।

नेपालबाट सहभागी १० निजी क्षेत्रका कम्पनीहरू नेपाल सोसल ट्रेक्स, माउन्टेन टाइगर नेपाल, नेपाल बिग माउन्टेन ट्राभल, जुगल होलिडेज, पर्ल होलिडेज, ड्र्यागन होलिडेज, एसियन एड्भेन्चर, नस्याना टूर्स सेवा, शुआंग कि टूर्स, र क्यान्टन इन्टरनेशनल ट्राभलले लक्जरी, साहसिक र सांस्कृतिक प्याकेजहरू प्रस्तुत गरे ।

बोर्डले चिनियाँ बजारको आवश्यकता अनुसार नयाँ यात्रा योजना, पूर्वाधार र सेवा सुविधासहितको प्रस्तुत गरेको थियो ।

नेपालको सहभागिता चिनियाँ समुदायसँगको रणनीतिक पर्यटन साझेदारीको सशक्त आधारका रूपमा स्थापित भएको छ ।

पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा गरिएको यो पहलले नेपालको दीर्घकालीन पर्यटन प्रवर्द्धन अभियानलाई थप गति दिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ८ : २२ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको