बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा | Khabarhub Khabarhub

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली प्रर्दशनी गरेको छ । स्थानीय रैथाने बालीको प्रवद्धन, किसानहरुका लागि हौसला र बजारीकरणका लागि नगरपालिकाले ‘आफ्नै उत्पादन र आधुनिक कृषि खेती’ भन्ने नारासहित मार्तडीमा बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो ।

ढम्कने आलु महोत्सवदेखि तरकारी पकेट क्षेत्र घोषणा गर्नेसम्मका योजनासहित कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । किसानले उत्पादन गरेका बालीहरुको प्रदर्शन, बजारीकरण र प्रवद्धनका लागि मेला आयोजना गरिएको नगर प्रमख अमर खड्काले बताएका छन् ।

मार्तडीमा बृहत कृषिमेला प्रदर्शनी मार्फत किसानको उत्पादनलाई प्रतिस्पर्धा गराइएको छ ।बडीमालिकाले बेमौसमी बाली, तरकारी खेती, नगदेबानी र अन्य उत्पादनमा प्राविधिक नै गाउँ गाउँमा खटाएर आत्मनिर्भर कृति खेतीमा लगानी बढाएको छ ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनः पूर्वाधार, बडिमालिका नगरपालिकाको समृद्धिको प्रमुख आधार भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको विकास, नवप्रविधिको प्रयोग र कृषकहरूको सशक्तीकरणमा सहयोग सहभागिको विश्वास छ ।

पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले मेलाको उद्घाटन गरेका हुन् । कृषि क्षेत्रका विज्ञदेखि किसानसम्म, प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायदेखि पार्टीका नेताहरुले कृषिमेला प्रदर्शनीको अवलोकन गरेका छन्।

पूर्व प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, काँग्रेसका गोपाल कार्की, माओवादी केन्द्रका दिपक डिसी सहीत सबैले कृषि मेलाको प्रशंसा गरेका छन् ।
उहाँहरुले उत्पादन नै अहिलेको आवश्यकता भएकोले आधुनिक कृषि खेती र रैथानी बालीको उत्पादन र प्रवद्र्धनमा पालिका लाग्न जरुरी रहेको सुझाव दिएका छन् ।

मेलामा नगर पालिका भित्रका ९ वटै वडाका कृषकहरुले उत्पादन गरेका खाद्यान्न बाली समुह अन्तर्गत धान, गहुँ, जौ, मकै, फापर, कोदो, उवा, कागुनो सहितका रैथाने अन्न बाली र फलफूल बाली प्रदर्शन गरिएका कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर महतले जानकारी दिएका छन् ।

नगदे तथा विविध बाली समूह (मौरी, मह, च्याउ, आदि, मसला) बाली समूह तर्फ (अदुवा, बेसार, लसुन, धनिया आदि) आलु तथा जरे बाली समुह तर्फ (प्याज, मुला ,आलू, पिँडालु) लहरे तरकारी बाली तर्फ जुकेनी, फर्सी, काक्रा, सिमि, बोडी र फल तथा पातजन्य तरकारी तर्फ रायो, बन्दा, काउली, टमाटर सहीत तरकारी, बालीनाली तथा फलफूलहरुको प्रदर्शनी गरिएको छ ।

मेलामा स्थानीय ३६ बाजा झल्किने (पञ्चेबाजा) झाकी प्रदर्शन, सामुहिक एकल नृत्य तथा एकल गायन समेत प्रस्तुत गरिएको छ । सम्पूर्ण विधाका उत्कृष्ट कृषि उपजलाई आकर्षक पुरस्कार समेत दिइएको छ । मेलामा सहभागि विभिन्न विधाका कृषि उपजहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

बडिमालिका नगरपालिकाको आयोजनामा विभिन्न स्थानीय उत्पादनहरू, उन्नत बीउबिजन, जैविक मल, आधुनिक कृषि उपकरण तथा प्रविधिहरूको प्रदर्शनी गरिएको छ । कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शनी मार्फत जनसमक्ष प्रस्तुत गर्दै स्टलमा प्रदर्शनमा राखिएका थिए ।

युवा रोजगारी सिर्जना हुने, जिल्ला बाहिरबाट तरकारी खरिद गर्नु पर्ने बाध्यता हटाउने गरि नीति मै बडीमालिकाले कृषि विशेष लगानी बढाएको छ । पेशामा आवद्धहरुलाई पहिलो कुरा आफ्नो परिवारलाई खानेगरि उत्पादन होस्, त्यसपछि अरुका लागि पनि विक्री गर्न मिल्ने गरि व्यवसायीक रुपमा आवद्ध गराउने लक्ष्यमा पालिका छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : १८ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप