घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण « Khabarhub

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।

‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतबार वडा नम्बर १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।

समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए । नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि वितरण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।

लहान नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र छन् । त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीलाई एक सातासम्म घरघरमा खटाएर ‘स्क्रिनिङ’ गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए ।

नगरपालिकाले गतवर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । त्यतिखेर चार हजार बढी स्थानीयले आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २२ बजे

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

म्याग्दी– मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.८ डिग्रीमा झर्‍यो

काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढ्न थालेको छ। उपत्यकाको न्यूनतम तापक्रम

मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि महायज्ञ

नारायणगढ – मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण

रसुवाको डिल्पु कुण्ड : पर्यटकलाई पर्खिरहेछ

रसुवा– हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग बढाउन एडीबीलाई नेपालको आग्रह

अन्ताल्या– नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण,