हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट « Khabarhub

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् ।

आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा आएको हो ।

आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट रुपमा भएको  स्थानीय धनबहादुर रावतले जानकारी दिए । आगलागीको कारण खुलेको छैन ।

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुली फडेराको घर जलेर नष्ट भएको बताइएको छ ।

आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको पीडित धनबहादुरले बताए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । (रासस)

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : २६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य