गत वर्ष डेब्यू गरेका पाँच नायिका, तीमध्ये तीनलाई हिट फिल्मको खाँचो | Khabarhub Khabarhub

गत वर्ष डेब्यू गरेका पाँच नायिका, तीमध्ये तीनलाई हिट फिल्मको खाँचो


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक वर्ष फिल्मा डेब्यू गर्ने कलाकारको सूची तयार पार्ने हो भने लामै बन्छ ।

तीमध्ये धेरै डेब्यू नायक नायिका फिल्ममा आउनुअघि कता थिए र प्रदर्शनमा आएपछि कता पुगे पत्तो हुँदैन ।

अर्थात्, कम डेब्यू कलाकारले दोहोर्‍याएर फिल्म गर्ने अवसर पाउँछन् । त्यसैले गर्दा एक भाष्य पहिलादेखि नै चल्दै आएको छ, ‘फिल्ममा आउन जति गाह्रो छ त्योभन्दा बढी यो क्षेत्रमा टिक्न गाह्रो छ ।’

अर्थात्, फिल्म ‘फ्रिलान्सर जब’ जस्तै हो । एक काम पाएपछि अर्को कामको प्रस्ताव कहिले आउँछ– भगवानलाई पनि त्यसको पत्तो हुँदैन !

गत वर्ष फिल्ममा डेब्यू गरेका पाँच नायिकाहरु लाइम लाइटमा पर्न सफल भए । ती हुन्– अञ्जना बराइली, परीक्षा लिम्बू, नीति शाह, गरिमा शर्मा र दिव्या रायमाझी ।

बाँकी डेब्यू नायिका कता छन्, खोजी नै गर्नुपर्ने अवस्था छ ।

पाँच डेब्यू नायिकामध्ये अञ्जना र परीक्षा भाग्यमानी सावित भए । अञ्जनाको पहिलो फिल्म ‘महापुरुष’ हो । तर, त्यसमा उनी सहायक भूमिकामा थिइन् ।

उनी नायिकाको रुपमा डेब्यू गरेको फिल्म ‘पुजार सार्की’ हो । गत वर्षको जेठमा प्रदर्शनमा आएको यही फिल्मबाट अञ्जना र परीक्षाले डेब्यू गरेका हुन् ।

यो फिल्म हिट भएपछि अञ्जाना र परीक्षा दुवैलाई प्रस्ताव आउन थाले । अञ्जनाले ‘पूर्णबहादुरको सारङ्गी’ मा अभिनय गरिन् । यो इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सन गने फिल्म बन्यो ।

यही फिल्मपछि अञ्जनालाई स्थापित नायिकामा गन्न थालिएको छ । त्यसपछि उनले ‘डोरी’ र ‘महाभोज’मा अभिनय गरिन् ।

परीक्षाले ‘पुजार सार्की’ प्रदर्शनमा आएपछि ‘सोल्टिनी’ र ‘ऊनको स्वीटर’ साइन गरिन् । प्रदर्शनरत हिट फिल्म ‘ऊनको स्वीटर’मा उनी सहायक नायिकाको भूमिकामा छन् ।

उनी शीर्ष नायिका रहेको फिल्म ‘सोल्टिनी’ असोज तीनमा आउँदैछ । अहिले परीक्षालाई अभिनय क्षमता भएकी उदयीमान नायिकाको रुपमा हेर्न थालिएको छ ।

तीन नायिकालाई हिटको खाँचो

स्टारकिड दिव्या : नायक दिलीप रायमाझीको छोरी हुन्– दिव्या । दिव्याले विभिन्न सार्वजनिक कार्यक्रममा भनेअनुसार फिल्म क्षेत्रमा उनलाई गाह्रो भएन ।

हुन पनि उनल डेब्यू फिल्म ‘एक्टर : टेक वान’मा चल्तीका स्टार प्रदीप खड्कासँग रोमान्स गर्न पाइन् ।

यो फिल्म प्रदर्शनमा नआउँदै उनले अर्को फिल्म ‘पिताम्बर’को छायाङ्कन सकिन् । जसमा प्रदीप, दयाहाङ राई र सौगात मल्ल जस्ता स्थापित नायकहरुसँग उनले सहकार्य गरिन् ।

अहिले दिव्याको हातमा अर्को फिल्म छ– माया प्रीति । यसको नायकमा आर्शिवाद क्षेत्री फाइनल भइसेका छन् । छायाङ्कन चाँडै हुने बताइएको छ ।

प्रदर्शनमा आइसकेका दिव्याका दुवै फिल्मले सुखद व्यापार गर्न सकेनन् । ग्रस कलेक्सन हेर्ने फिल्म फल्प बने । न उनले अभिनय क्षमताले दर्शकले मन नै जित्न सकिन् ।

नीति शाह : मोडलिङ र ब्युटी प्याजेन्टबाट चर्चा कमाएकी नीतिले ‘खजुरे ब्रो’बाट ठूलो पर्दामा डेब्यू गरिन् ।

नीतिलाई पनि ‘पहिलो गाँसमा नै ढुङ्गा’ लाग्यो । दोस्रो फिल्म ‘ज्वाइँ साब’ पनि व्यापारिकरुपमा फ्लप भयो ।

तेस्रो फिल्म ‘नरसिंहा : अभतार’मा उनले महानायक राजेश हमालसँग रोमान्स गरिन् । यो फिल्मको व्यापार पनि सुखद छैन ।

तीनै फिल्म व्यापारिक रुपमा फ्लप भए । न नीतिको अभिनयको चर्चा नै भयो ।

‘नीतिले सही फिल्म चयन नगर्दा’ उनको ठूलो पर्दाको यात्रा सुखद बनेन भन्ने चर्चा पनि सुनिन थालेको छ ।

तथापि नीतिलाई विभिन्न फिल्मबाट प्रस्ताव भने आइरहेको छ । उनको अर्को फिल्म ‘मोहर’ साउना २३ बाट प्रदर्शनमा आउँदैछ ।

यसको प्रचार सामाग्री हेर्दा उक्त फिल्ममा उनले नायक पल शाहसँग रोमान्स गर्ने बताइएको छ ।

गरिमा शर्मा : टिकटकबाट चर्चामा आएर डेढ सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य र अभिनय गरेको अनुभव लिएर गरिमाले ठूलो पर्दाको यात्रा तय गरिन् ।

उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’मा व्यापारिक रुपमा फ्लप भयो । न उनले अभिनय देखाए दर्शकको मन जित्न सकिन् ।
दोस्रो फिल्म ‘वर एन्ड बधु’ र तेस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा पनि पुरानै कुरा दोहोरियो ।

यद्यपि यी तीनै फिल्ममा गरिमा सहायक भूमिकामा थिइन् । यी फिल्म फ्लप बन्दा उनको अभिनय करिअरमा खासै प्रभाव नपार्ला ।

तर, पाएको भूमिकाबाट पनि गरिमाले दर्शकलाई मन जित्न नसकेको तथ्य फिल्म जानकारहरुको टिप्पणी छ ।

उनको चौथो फिल्म ‘जन्ते बाख्रो’ हलमा प्रदर्शनरत छ । यस फिल्मको व्यापार पनि सुखद भए ।

गरिमालाई पनि ‘पहिलो गाँसमा ढुङ्गा’ लाग्यो । यसमा पनि उनको अभिनयको चर्चा भएन ।

अर्थात् चार फिल्ममा अवसर पाउँदा पनि गरिमा अभिनय क्षमताले दर्शक मन जित्ने सवलमा फितलो सावित भइन् ।

०००

कुनै कलाकारको सबै फिल्म चल्दैन । अपवाद बाहेक सबै कलाकारको फ्लप फिल्मको संख्या बढी हुन्छ ।

कित त हिट फिल्म कि अभिनय क्षमताले दर्शकको मन जित्न सक्ने कलाकार ठूलो पर्दामा स्थापित हुने सम्भावना बढी हुन्छ ।

अभिनय क्षमताले दर्शक वा मेकरको मन जित्न नसके कुनै कलाकारको पनि स्थायित्व हुँदैन । विगतमा यसको उदाहरण असरल्ल छन् ।

दिव्या स्टार किड, नीति चर्चित मोडल र गरिमा टिकटकमा भाइरल मोडल भएकाले उनीहरुलाई एकपछि अर्को फिल्मको प्रस्ताव भने आइरहेको छ ।

तर, फिल्म लगातार फ्लप बन्दा र अभिनय क्षमताको प्रशंसा नभएको अवस्थामा यो प्रस्ताव आउने क्रम कहिले सम्म चल्ने हो ? यी नायिकाले यस विषयमा विचार गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : २१ बजे

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले