नारायणकाजीले भने- अहिलेको सरकार भ्रष्ट र निरंकुश हो, भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो « Khabarhub

नारायणकाजीले भने- अहिलेको सरकार भ्रष्ट र निरंकुश हो, भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन् । 

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद रितबहादुर खड्का प्रतापको १३औँ स्मृति कार्यक्रममा श्रेष्ठले विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाइ भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका हुन् । 

त्यस्तै उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने स्पष्ट पारे । 

माओवादी सरकारमा रहँदा सुशासन कायम गर्ने निकै महत्त्वपूर्ण काम गरेको त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उनले बताए । 

श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको आरोप समेत लगाए । सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरू सल्बलाइरहेको उनले बताए ।  

श्रेष्ठले अबको दुई वर्ष पुरै जनतासँगको अभियानमा केन्द्रित भएर निर्वाचनको तयारी गर्ने र र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको धारणा राखे । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : २३ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा