राजेन्द्र लिङदेनले भने- जबरजस्ती सदन चलाए बहिष्कार गर्छौँ « Khabarhub

राजेन्द्र लिङदेनले भने- जबरजस्ती सदन चलाए बहिष्कार गर्छौँ


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी अवरोधका बीच संसद् अगाडि बढाइए आफूहरूले बैठक बहिष्कार गर्ने बताए पनि सभामुख देवराज घिमिरेले सदन अगाडि बढाएका हुन् । 

‘संसद्मा दुई वटा राजनीतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन् । विरोध जारी राखेको बेला जबरजस्त संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन,’ लिङदेनले बैठकको सुरुवातमा उपलब्ध गराइएको समयमा भने, ‘सभामुख स्वयम्का लागि पनि यो अरूले राम्रो देखेको विषय होइन । त्यसकारण समस्या समाधान नभई संसद् अवरुद्ध भइराखेको बेला जबरजस्त संसद् बढाउने काम नहोस् । जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन ।’

उनले बैठक बहिष्कार गरेका कारण आफ्नो दलले पाउने भत्ता राजश्वमा जम्मा हुने व्यवस्था गर्न पनि सभामुख घिमिरेसँग आग्रह गरे । 

‘हामी बैठक बहिष्कार गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘बहिष्कार गर्दा राप्रपाका सांसदको भत्ता राजश्वमा जमा हुने व्यवस्था होस् ।’

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : ५३ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा