विपद् प्रतिकार्यका लागि तयार रहन प्राधिकरणको अनुरोध « Khabarhub

विपद् प्रतिकार्यका लागि तयार रहन प्राधिकरणको अनुरोध


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । 

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा अनुरोध गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।
 
जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमको पूर्वानुमानसम्बन्धी बुलेटिन, बाढी तथा मौसमको पूर्वानुमानसम्बन्धी पूर्वसूचना तथा पूर्वचेतावनी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका निकायबाट प्रवाह हुने पूर्वसूचना, पूर्वचेतावनी, सन्देशमूलक सूचना, जानकारीको पालना गरी सोअनुसार सतर्कता अपनाउन सबैमा अपिल गरिएको उनले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा बनेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ कार्यान्वयनका लागि सङ्घीय सरकारका जिम्मेवार निकाय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकायलगायत सरोकारवाला सबै निकायमा सम्प्रेषण भइसकेको जानकारी दिँदै प्राधिकरणले जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न पनि भनिएको उनले बताए।

गत जेठ १५ गते बिहीबार रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरेको यस वर्षको मनसुन पश्चिमतिर विस्तार हुँदै जेठ २९ बाट लुम्बिनी प्रदेशका पूर्वी भू-भागसम्म पुगेको छ । 

सम्प्रेषित कार्ययोजनाका अतिरिक्त प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह एवं विभिन्न विषयगत निकायले आ–आफ्नो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्न सक्ने व्यवस्थाअनुसार अधिकांश निकायले योजना बनाइसकेको र केही निकाय बनाउने क्रममा रहेको जानकारी समेत प्राप्त भएको जनाइएको छ । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार यस वर्षको मनसुन अवधिमा बाढी, पहिरो, डुबान, भारी वर्षा, चट्याङजस्ता मनसुनजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुनसक्ने आकलन पनि सार्वजनिक भइसकेको छ । 

­­­

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : ५५ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार