धवल शमशेरसँग काठमाडौं जिल्ला अदालतमा बयान जारी « Khabarhub

धवल शमशेरसँग काठमाडौं जिल्ला अदालतमा बयान जारी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवल शमशेर राणाको बयान सुरु भएको छ ।

राणा सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएसँगै अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु भएको हो ।

राणाविरुद्ध गत चैत १५ गते तीनकुनेमा भएको घटनालाई लिएर राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । उनमाथि राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदाबी गरिएको छ ।

प्रहरीको अनुसन्धानपछि राणा उपचार प्रयोजनका लागि हाजिरी जमानीमा रिहा भएका भए थिए । तर उनी लामो समय सम्पर्कविहीन भइ सोमबार बिहान अदालतमा हाजिर भएका हुन् । राणाको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 

यता, बन्दीप्रत्यक्षीकरण निवेदनमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कविहीन छन् । उनी पनि हाजिरी जमानीमा छुटेका थिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ०१ बजे

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली