धवल शमशेरसँग काठमाडौं जिल्ला अदालतमा बयान जारी « Khabarhub

धवल शमशेरसँग काठमाडौं जिल्ला अदालतमा बयान जारी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवल शमशेर राणाको बयान सुरु भएको छ ।

राणा सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएसँगै अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु भएको हो ।

राणाविरुद्ध गत चैत १५ गते तीनकुनेमा भएको घटनालाई लिएर राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । उनमाथि राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदाबी गरिएको छ ।

प्रहरीको अनुसन्धानपछि राणा उपचार प्रयोजनका लागि हाजिरी जमानीमा रिहा भएका भए थिए । तर उनी लामो समय सम्पर्कविहीन भइ सोमबार बिहान अदालतमा हाजिर भएका हुन् । राणाको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 

यता, बन्दीप्रत्यक्षीकरण निवेदनमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कविहीन छन् । उनी पनि हाजिरी जमानीमा छुटेका थिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ०१ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा