इरानी सेनाका जासुसी विभाग प्रमुख मारिए, इजरायली पावर प्लान्टमा मिसाइल आक्रमण « Khabarhub

इरान-इजरायल तनाव

इरानी सेनाका जासुसी विभाग प्रमुख मारिए, इजरायली पावर प्लान्टमा मिसाइल आक्रमण


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इजरायल र इरानबीचको संघर्ष चौथो दिन पनि जारी छ। आइतबार राति इजरायलले इरानको विदेश मन्त्रालयमाथि हमला गरेको छ ।

जसमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसअघि शनिबार इजरायली सेनाले इरानी रक्षा मन्त्रालयमा आक्रमण गरेको थियो।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भइसकेको छ । आक्रमणमा १,२७७ भन्दा बढी व्यक्ति घाइते भएका छन् । अमेरिकास्थित मानव अधिकार समूहले भने इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।

आइतबार रातिको आक्रमणपछि सोमबार बिहान इरानले केन्द्रीय इजरायलमा ४ वटा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। ।

यस आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्। अहिलेसम्म इजरायलमा इरानी आक्रमणबाट २० जनाको मृत्यु र करिब ५०० जनाको चोटपटक भएको छ।

उता इरानबाट प्रहार गरिएको मिसाइल इजरायलको तेल अभिभस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै खस्दा भवनमा सामान्य क्षति पुगेको छ । अमेरिकी राजदूत माइक हकाबीले मिसाइल आक्रमणका कारण अमेरिकी कर्मचारीहरूमा कुनै चोटपटक नलागेको बताएका छन् ।

उनका अनुसार तेलअभिभमा अमेरिकी दूतावास नजिकै इरानी मिसाइल प्रहारका कारण सामान्य क्षति पुगेको हो । उनले जेरुलेमस्थित अमेरिकी दूतावास सोमबार बन्द रहने बताए ।

उता बेलायतको समुद्री सुरक्षा कम्पनी एम्ब्रीका अुनसार इजरायलको हाइफा बन्दरगाह नजिकको पावर प्लान्टमा आगलागी भएको छ। यहाँ इरानले ब्यालिष्टिक मिसाइल आक्रमण गरेको हो । इजरायलसँगको तनावकै बीचमा पावर प्लान्टमै इरानले मिसाइल हानेको हो ।

एमब्रेका अनुसार इजरायली सेनाले मिसाइल आक्रमणलाई रोक्ने प्रयास गरेको भिडियोमा देखेको बताएका छन् । तर पनि हाइपरसोनिक मिसाइल (ध्वनिको गतिभन्दा धेरै तीव्र गतिमा जाने मिसाइल) ले त्यहाँ आक्रमण गरेपछि आगो लागेको देखिएको उनीहरूले जनाएका छन् ।

इजरायली आक्रमणमा इरानी इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आईआरजीसी) का जासुसी विभाग प्रमुख मोहमद काजमी मारिएका छन् । उनका उनका उप्रमुख हसन मोहकिक र अर्का अधिकारी मोहेसन बाघेरीको मृत्यु भएको छ । काजमीको मृत्युलाई इरानको सैन्य संरचनामा ठूलो क्षतिको रूपमा हेरिएको छ।

उता इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार तजाची हनेग्बीले इरानसँग अझै १० औँ हजार मिसाइल रहेको दाबी गरकेा छन् । ‘इरानसँग अझै अनुमानभन्दा धेरै ब्यालिस्टिक मिसाइल छन्’, उनले भने ।

पहिले २००० मिसाइल रहेको अनुमान गरिए पनि अहिले ५०० मात्र बाँकी भएको धारणा गलत भएको उनले बताएका छन् ।

ठूला घटना:
इजरायलले ‘अपरेशन राइजिङ लायन’ शुरू गर्‍यो –२०० लडाकु विमानबाट इरानमाथि हमला।
हमलामा इरानका १४ वैज्ञानिक र २० भन्दा बढी सैन्य कमाण्डर मारिए।
इरानले ‘ट्रू प्रमिस थ्री’ नाम दिएर ठूलो प्रतिआक्रमण गर्‍यो – सयौं मिसाइल प्रहार।
इरानी सर्वोच्च नेता खामेनेईमाथिको हमला योजना रोक्न ट्रम्पले हस्तक्षेप गरेको दाबी।
इजरायली राष्ट्रपति सुरक्षित स्थानमा सारिए।
इरानले इजरायलका ३ वटा एफ-३५ फाइटर जेट खसालेको दाबी।
इजरायलमा २१ जनाको मृत्यु, इरानमा २२४ जनाको।
ट्रम्पले दाबी गरे – छिट्टै इजरायल–इरानबीच शान्ति सम्झौता हुन्छ।
इजरायलले इरानको विश्वकै सबैभन्दा ठूलो पार्स ग्याँस फील्डमा हमला गर्‍यो।
इजरायलले इरानका विदेश र रक्षा मन्त्रालयमा सीधा आक्रमण गर्‍यो।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : २५ बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा