देशमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा « Khabarhub

देशमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन् । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्यांकी निर्माणको आज शिलान्यास गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताए। 

उनले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताए।

‘यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,’ उनले भने , ‘अब त्यसको हल हामी गर्छौं ।’

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी अवधारणा बनाउन आवश्यक रहेको बताए। उनले स्व टंकप्रसाद भट्टराईले दान दिएको जग्गामा बन्न लागेको खानेपानीको ट्यांकीले मेचीनगर–९, १०, ११, १४ र वडा नं १५ का केही भागहरूमा समेत खानेपानी वितरण गर्न सहज हुने बताए। 

झापा क्षेत्र नं १ मा मात्रै करिब रु एक अर्बको बजेटमा विभिन्न खानेपानीका योजनाहरू सञ्चालन भइरहेका उनको भनाइ छ ।

मेचीनगर नगरपालिका–९ मा १० करोड ४० लाख ९९ हजार ६४७ को लागतमा निर्माण हुने खानेपानी ट्यांकीको उनले शिलान्यास गरेका हुन् । दुई कट्ठा १० धुर खानेपानी समितिले खरिद गरेको त्यति नै क्षेत्रफलको जग्गा भट्टराईले दान दिएपछि  पाँच कट्ठा जमिनमा चार लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड ट्यांकी र सुरक्षागार्ड बस्ने घरसहितको संरचनाको निर्माण हुन लागेको छ । विसंं २०८४ मङ्सिर ११ गते सम्पन्न गरिसक्नु पर्नेगरी ठेक्का लागेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताए। 

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता स्व टंकप्रसाद भट्टराईका बुबा पशुपति भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  २ : ०४ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले