‘रियाल रिङ्गेट’को टिजरमा खाडीको पीडा « Khabarhub

‘रियाल रिङ्गेट’को टिजरमा खाडीको पीडा


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन १६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘रियल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । वैदेशिक यात्रामा निस्किएका युवा र उनीहरुको परिवारलाई केन्द्रमा राखेर निर्माण गरिएको टिजर आइतबार सार्वजनिक गरिएको हो ।

विदेशमा नेपाली युवाहरूको सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई समेटेर फिल्म बनेको टिजरले स्पष्ट पारेको छ ।

नेपाली युवाहरु प्रवासमा गलत मनसायका व्यक्तिहरूको फन्दामा परेका मार्मिक दृश्यहरू पनि टिजरमा देखाइएको छ ।

विभोर पोखरेलको निर्देशनमा बनेको यस फिल्ममा निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसको लेखक प्रदीप भारद्धाज हुन् ।

यस फिल्मको नामले खाडी मुलुकमा पुगेका युवाहरुको कथा भन्ने निर्माण पक्षले बताएको छ । फिल्मको नाम कतार(साउदी अरेबियाको मुद्रा ‘रियाल’ र मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ ।

फिल्मको छायाङ्कन भने भारतको राजस्थान र नेपालको काठमाडौँ, लेटाङलगायतका स्थानमा गरिएको बताइएको छ ।

रुबेल फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता गगनलाल प्रधान हुन् ।

टिजरको लिंक :

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १२ बजे

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान