प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा « Khabarhub

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरुले बजेटको विरोध गरेका छन् । 

सोमबार रास्वापा सांसदहरूको वेल घेराउकाबीच प्रतिनिधिसभा बैठकमा भएको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताएका छन् ।

बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको उनले बताए ।

सांसद कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको धारणा राखे ।  त्यस्तै एमाले सांसद पदम गिरीले मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित गर्दै बजेट आएको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ ।

सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति सही रहेको जिकिर गरे ।

त्यस्तै माओवादी सांसद शक्ति बस्नेतले सरकारले बिनियोजन गरेको बजेट संघीयतालाई कमजोर पार्ने प्रकारको रहेको आरोप लगाए । योजना र बजेटको असन्तुलनले संघीयतामाथिको धारणालाई कमजोर पार्ने उनको आशंका रहेको छ । उनले ऊर्जा विकास मार्गचित्र कार्यान्वयन गर्नका लागि कहिपनि ध्यान नदिइएको बताए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई मन्त्रीहरूले आफ्नो क्षेत्र केन्द्रीत गरेको आरोप लगाए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : १९ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा