व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड « Khabarhub

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र तिनवटै तहको निर्वाचन सँगसँगै हुने भएकाले पार्टीमा आबद्ध सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीलाई धेरैभन्दा धेरै स्थानमा विजयी बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले एकताबद्ध अहिलेदेखि नै एकताबद्ध भएर काम गर्नुपर्ने बताए। पार्टीलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनताका बीचमा जानुपर्ने उनको भनाइ थियो ।

देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न कांग्रेसकै नेतृत्वबाट सम्भव भएको चर्चा गर्दै महामन्त्री शर्माले वर्तमान शासन व्यवस्थाको विकल्प नभएको बताए ।

कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीले क्रियाशील सदस्यता नवीकरण सात दिनमा पूरा गरेर केन्द्रलाई बुझाइने जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ०७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी