नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य « Khabarhub

त्रिदेशीय टी–२०आई सिरिज

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ।

ग्लासगोस्थित टिटवुड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो।

नेदरल्यान्ड्सका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ३०, साकिब जुल्फिकारले २५, माइकल लेभिटले २०, म्याक्स ओ’डाउडले १९, र ज्याक लायन(क्याचेटले ११ रनको योगदान दिए।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।

त्यस्तै, नन्दन यादवले २ विकेट, र ललित राजवंशी तथा कुशल भुर्तेलले एकरएक विकेट लिए।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ४४ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक