फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस् « Khabarhub

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री र डाटा नटिक्दा बारम्बार चार्ज र रिचार्ज गर्नुपर्ने झन्झट छ ? आजकल ब्याट्री र डाटा नटिक्ने समस्या धेरै देख्न पाइन्छ ।

तर, स्मार्टफोनमा सानो परिवर्तनले तपाईँको डाटा र ब्याट्री दुबै जोगाउन सकिन्छ । आज हामी आफ्नो स्मार्टफोनमा ब्याट्री र डाटा कसरी लामो समयसम्म टिकाउने भन्ने विषयमा जानकारी दिनेछौँ ।

आजकल लगभग हरेक स्मार्टफोनमा अनजानमै डाटा र ब्याट्री छिटो सकाउने केही सेटिङ पहिले नै सक्रिय हुन्छन् । यस्तो सेटिङ अफ गरेको खण्डमा डाटा र ब्याट्रीको खपत पनि कम गर्न सकिन्छ ।

यसका लागि सबैभन्दा पहिले आफ्नो फोनको सेटिङ्स मा जानुपर्छ । त्यहाँ तल स्क्रोल गरेर गुगल सेक्शनमा जानुपर्छ । त्यहाँ ‘गुगल सर्भिसेज एण्ड प्रिफरेन्स’ अप्सन देखा पर्छ । त्यो अप्सनमा थिच्नुहोस् ।

अब यसमा गएर ‘पर्सनलाइज यूजिङ शेयरड डाटा’ मा थिच्नुहोस् । यहाँ तीन वटा विकल्प देखिनेछन् – जिमेल, एक्सटर्नल मिडिया र डिभाइस कन्ट्याक्ट्स । यी तीनैवटा विकल्प पहिलेबाट नै सक्रिय रहेको हुनसक्छ । अब ती सबै विकल्पलाई अफ गरिदिनुहोस् ।

यसपछि फेरि गुगल सेटिङ्समा फर्कनुहोस् र यूसेज एण्ड डाइग्नोस्टिक्समा थिच्नुहोस् । यसलाई पनि अफ गरिदिनुहोस् । यसो गर्दा गुगलले तपाईंको फोनको प्रयोग रिपोर्ट र डाइग्नोस्टिक्ससम्बन्धी डाटा संकलन गर्न छोड्नेछ । फलस्वरुप फोनको ब्याट्री र डाटाको खपत कम हुनेछ ।

यसबाहेक थर्ड पार्टी एपहरूलाई पनि सकेसम्म सीमित पहुँच दिनुपर्छ । विशेष गरेर सामाजिक सञ्जाल एपहरुका लागि एप पर्मिसन र ब्याकग्राउण्ड डाटा एक्सेसलाई नियन्त्रण गरेर पनि डाटा र ब्याट्री जोगाउन सकिन्छ ।

यी साना–साना सेटिङ परिवर्तन गर्दा तपाईंको डाटा र ब्याट्रीको बचत हुनेछ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ३४ बजे

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप