शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो « Khabarhub

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको छ। मङ्गलबार अन्तिम दिन ३५० रनको लक्ष्य पाएको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा २७० रन बनाएपछि खेल सकिएको थियो।

यसअघि भारतले दोस्रो पारीमा २४८ रन जोडेको थियो। भारतका लागि बिहान मलहोत्राले ६३ तथा आरएस अम्बरिसले ५३ रन जोडे। इंग्ल्यान्डका अर्चि भौनले ८४ रन खर्चेर ६ विकेट लिए।

इंग्ल्यान्डले पनि तीन विकेट ६२ रनमा नै गुमाएको थियो। हाम्जा शेख र बेन मायसले चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे। कप्तान शेखले ११२ रन जोडे। मायसले ५१ रन बनाए। थोमस रेउले ३५ बलमा नै ५० रन बनाए। रेउ आउट भएपछि बराबरी गर्न राल्फी अल्बर्ट र ज्याकहोमले ११.५ ओभरमा सङ्घर्षपूर्ण ब्याटिङ गरे।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ३५ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी