शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो « Khabarhub

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको छ। मङ्गलबार अन्तिम दिन ३५० रनको लक्ष्य पाएको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा २७० रन बनाएपछि खेल सकिएको थियो।

यसअघि भारतले दोस्रो पारीमा २४८ रन जोडेको थियो। भारतका लागि बिहान मलहोत्राले ६३ तथा आरएस अम्बरिसले ५३ रन जोडे। इंग्ल्यान्डका अर्चि भौनले ८४ रन खर्चेर ६ विकेट लिए।

इंग्ल्यान्डले पनि तीन विकेट ६२ रनमा नै गुमाएको थियो। हाम्जा शेख र बेन मायसले चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे। कप्तान शेखले ११२ रन जोडे। मायसले ५१ रन बनाए। थोमस रेउले ३५ बलमा नै ५० रन बनाए। रेउ आउट भएपछि बराबरी गर्न राल्फी अल्बर्ट र ज्याकहोमले ११.५ ओभरमा सङ्घर्षपूर्ण ब्याटिङ गरे।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ३५ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा