कानूनसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

कानूनसहित चारवटा समितिको बैठक बस्दै


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन् । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

बैठकहरू बिहान १० देखि १ बजेको समयमा सिंहदरबारस्थित समितिका आआफ्नै कक्षमा बस्नेछन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ को सम्बन्धमा नेपाल कानून आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल हुनेछ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन– २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल र पारित गर्ने तथा सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको हालसम्मको प्राप्त विवरण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्ने, राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयनको अवस्था र समितिको कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ५४ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड