नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म « Khabarhub

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल स्तर, असाधारण कलाकारको जमघट र अत्यधिक उत्पादन बजेटका कारण निकै चर्चा बटुलिरहेको छ। धेरैजसोले यस फिल्मको बजेटबारे अड्कल गरिरहेका बेला निर्माता नमित मल्होत्राले पहिलोपटक खुलस्त धारणा सार्वजनिक गरेका छन्।

हालै प्रखर गुप्तासँगको एक पोडकास्ट अन्तर्वार्तामा मल्होत्राले रामायण आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण प्रोजेक्ट भएको भन्दै भावुक अभिव्यक्ति दिएका छन्। जब उनलाई फिल्मको लागतबारे प्रश्न गरियो, उनले दुवै किस्ताको लागत मिलाएर चार हजार करोड (नेपाली ६४०० करोड) रुपियाँ भन्दा बढी हुने जानकारी दिए।

उनले भने, “बजेटको कुरा गर्दा सबैले मलाई पागल ठाने किनभने अहिलेसम्म कुनै पनि भारतीय फिल्म यस बजेटको आसपास पनि पुगेको छैन। सरल भाषामा भन्नुपर्दा, दुवै भाग सकिँदासम्म फिल्मको कुल लागत करिब ५०० मिलियन डलर, अर्थात् भारु चार हजार करोड रुपियाँभन्दा बढी हुनेछ।” मल्होत्राले थप भने, “हामी संसारकै सबैभन्दा ठूलो फिल्म बनाउँदैछौं, जुन संसारको सबैभन्दा महान् कथा र महाकाव्यमाथि आधारित छ। यो संसारले देख्नैपर्ने कथा हो।” उनले अझै पनि आफूले निर्माण गरिरहेको फिल्मलाई पैसा कमाउने उद्देश्यले नभई एउटा विश्वस्तरीय कथा सस्तो लागतमा निर्माण गर्ने अभिप्रायले अगाडि बढाएको बताए।

रामायण दुई भागमा निर्माण भइरहेको एक सिनेमाटिक भव्य प्रस्तुति हो, जसमा उत्कृष्ट कलाकारहरू देखिनेछन्। फिल्ममा रणबीर कपुर भगवान रामको भूमिकामा, साई पल्लवी माता सीताको रूपमा, सन्नी देओल हनुमानको रूपमा र यश रावणको भूमिकामा देखिने छ। यसबाहेक अन्य चर्चित र प्रतिभाशाली कलाकारहरू पनि यस फिल्ममा समावेश हुनेछन्। फिल्मको निर्देशन ‘दंगल’ र ‘छिछोरे’ निर्देशन गरेका नितेश तिवारीले गरिरहेका छन्, जसको अनुभवले यो प्रोजेक्टलाई थप बलियो बनाएको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ५५ बजे

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६