सिँचाइमा क्षति हुँदा खेतबारी बाँझै | Khabarhub Khabarhub

सिँचाइमा क्षति हुँदा खेतबारी बाँझै


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाँचथर– एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा टारी कुलो सिँचाइमा क्षति पुगेको थियो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो ।

तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्णरुपमा हुन सकेको छैन ।

‘डेढ किलोमिटर लम्बाईको कुलो शिवादोभानका एक दर्जनभन्दा बढी परिवारका लागि खेतीको आधार थियो, यसबीचमा आयोजना मर्मतका लागि सरकारले १५ लाख र निर्माण कम्पनीले दुई लाख दिएका थिए, त्यसबाट पक्की कुलो बनाइएको थियो,’ उनले भने, ‘तर बर्सेनि ट्रयाक खोल्दा माटोले कुलो पुरिने गरेको छ, यसको दीर्घकालीन समाधान हुन सकेको छैन ।’

फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिंचाइको सुविधा हुँदा अहिले खेतीपाती हुन छाडेको स्थानीय ललितबहादुर सम्बाहाम्फेको भनाइ छ । ‘कुनै समय वर्षमा तीन बालीसम्म लगाइन्थ्यो, कुलोमा क्षति पुगेपछि मकै मात्रै लगाउँदै आएका थियौँ, अहिले त्यो पनि कम भएको छ ।’

सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको उनको भनाइ छ ।

सम्बाहाम्फेकाअनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ । उनका अनुसार सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका–४ सरखण्डे, फिदिम–९ लुम्फाबुङ र कुम्मायक–४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन् ।

कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताए । सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१–०८२ मा कुम्मायक गाउँपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको थियो । यद्यपि काम भने नभएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : २५ बजे

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक

असारे मैझारोमा १५ प्रतिशतले बढ्यो सरकारको खर्च, ३१ दिनमा दुई खर्ब ४० अर्ब सकियो

काठमाडौं– सरकारले विगतका वर्षहरूमा झैँ असार महिनामा अधिक खर्च गर्ने