अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर « Khabarhub

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये साउन महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदर घटाएका छन् भने दुई वटा वाणिज्य बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर भने असारको तुलनामा यथावत रहेको छ ।

त्यस्तै, संस्थागत मुद्दतीतर्फ असार महिनाको तुलनामा साउन महिनामा ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने आठ वटा वाणिज्य बैंकले यथावत राखेका छन् । एउटा वाणिज्य बैंकले भने बढाएको छ ।

वाणिज्य बैंकहरूमध्ये साउन महिनामा व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै अर्थात् ६.२६ प्रतिशत ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ ।

त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा कम ब्याजदर प्रभु बैंकले जम्मा ४.२५ प्रतिशत दिने भएको छ ।

साउन महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ ५.६९७५ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ४.११३ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।

बैंकहरूको विवरण

वाणिज्य बैंक  मुद्दतितर्फ साउन महिनाको ब्याजदर
व्यक्तिगतसंस्थागत
स्टान्डर्ड चाटर्ड६.२६
एभरेष्ट६.२५५.२५
एनआईसी एशिया६.२५५.२५
सानिमा६.१८
प्राइम कमर्सियल
माछापुच्छ्रे
ग्लोबल आइएमई६.१८
एनएमबी
हिमालयन
सिद्धार्थ५.७५४.७५
कुमारी५.६१४.०१
राष्ट्रिय वाणिज्य बैंक५.५
नविल बैंक५.५४.०५
लक्ष्मी सनराइज५.५४.५
सिटिजन्स इन्टरनेशनल५.५
कृषि विकास५.४३.५
नेपाल बैंक५.४३.७५
नेपाल एसबीआई५.३५४.३५
नेपाल इन्भेष्टमेन्ट मेगा५२५४.२५
प्रभु४.२५३.२५
औसत ब्याजदर५.६९७५४.११३

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : ०७ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज