हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस « Khabarhub

हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बुढीगंगा ८ घर भएका पारस कुँवर हराएको २२ दिनपछि मृत भेटिएका छन् । बुढीगंगा नगरपालिका ८ मोटावाडा घर भएका ३२ वर्षका कुँवर २२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए । उनको शव बुढीगंगा नगरपालिका ९ को चुल्ठे लेकमा भेटिएको आफन्तले बताएका छन् ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलमा खटिएको छ । प्रहरीका तर्फबाट शव कसको हो, भन्ने यकिन नभएको बताए पनि आफन्तहरूले मृतकले लगाएको जकेट देखेर पहिचान भइसकेको बताएका छन् । 

पारसको हराए लगत्तै मृत्यु भइसकेको हुनसक्ने शवको अवस्था हेरेर देखिएको छ । मासु कुहिएर हड्डी मात्रै रहेको अवस्थामा उनको शव भेटिएको छ । लेकमा गएर त्यतै हराएको र पछि चिसो, भोक र अरु समस्याले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । 

मानसिक रूपमा समस्या रहेका कुँवर त्यो भन्दा अगाडि पनि २ पटक हराएका थिए । सात दिन, आठ दिनको अन्तरालमा त्यो बेला खोजी गरेर ल्याइएको भए पनि यो पटक २२ दिनसम्म खोजिगर्दा पनि आफन्तले फेला पारेका थिएनन् । कर्ण कुँवर छोरा पारसको नै शव भएको आफन्त एलिजा कुँवरले जानकारी दिएकी छन् ।

कर्ण कुँवर र माता कुँवरका २ छोरा र छोरी छन् । ती दुवै मानसिक रूपमा कमजोर छन् । अब भाइ पनि त्यस्तै समस्यामा रहेको आफन्तको भनाई छ । आफन्तले छरछिमेक देखि सबैतिर खोजी गरे, तर कतै नभेटिएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले शव लिएर पोस्टमार्टमका लागि बाजुरा जिल्ला अस्पताल ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : ५६ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड