नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ? « Khabarhub

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको छ । उक्त बैठकमा नगरसभा सदस्यहरूले महानगरमा देखिएका समस्याबारे बोलिरहेका छन् ।

बुधबार १६ नम्बर वडाका वडा सदस्य हर्क खातीले माछा पोखरी र बालाजु औद्योगिक क्षेत्रमा देखिएका समस्या नगरसभामा राखेका छन् ।

उनले माछा पोखरीमा बाटो छेकेर तरकारी बेचिने गरेको समस्या हल गर्न महानगरले अझै चासो नदिएको बताए । ‘माछा पोखरीमा सडक नै रोकेर तरकारी बेचिन्छ । बाहिरबाट आएका मानिसले सडक कब्जा गरेर तरकारी बेच्दा अत्यावश्यकीय साधनलाई गाह्रो भएको छ’, उनले भने, ‘त्यहाँ एक पटक एम्बुलेन्स अड्किँदा बिरामीको बाटोमा नै मृ्त्यु भयो । पछि १६ नम्बर वडाले छलफल गरेर मिलाएको थियो । चिह्न लगाएर तरकारी बेच्ने प्रणाली बनाएको थियो।’

तर बाहिरका मान्छे धेरै आएर बाटोमा बेच्न पाउनुपर्छ भन्ने गर्दा अझै पनि त्यहाँको समस्या नहटेको उनले बताए । माछा पोखरीको समस्या हल गर्न महानगर प्रमुख बालेन्द्र साहले पनि चासो नदिएको उनले बताए ।

उनले बञ्चरे डाँडामै एउटा चिस्यान केन्द्र बनाइदिन सके माछा पोखरीमा देखिएको समस्या हल हुने बताए । तर आफूले यसबारे पहिले पनि कुरा उठाएको तर सुनुवाइ नभएको गुनासो गरे ।

खातीले बालाजु औद्योगिक क्षेत्रको समस्या पनि नगरसभामा उठाएका छन् । उनले बालाजु औद्योगिक क्षेत्र बाहिरबाट सामान ल्याएर बेच्ने ठाउँ मात्रै भएको बताए ।

‘बालाजु औद्योगिक क्षेत्रमा त्यहीँ सामान उत्पादन गर्ने हो तर बाहिरबाट ल्याएर उत्पादन भइरहेको छ’, उनले भने, ‘बालाजु औद्योगिक क्षेत्रमा जुनसुकै बेला विस्फोट हुन सक्छ । त्यहाँ बाहिरबाट ग्यास ल्याएर नेपाल ग्यास तयार गरिन्छ । जसले जुनसुकै बेला विस्फोटको जोखिम छ ।’

यसबारे आफूले पहिले पनि कुरा उठाएको बताउँदै तर महानगर प्रमुखले नसुनेको उल्लेख गरे । ‘यसबारे मैले पहिले पनि बोलेको तर कार्यान्यवन भएन’, उनले भने, ‘हामीले नगर सभामा बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ५८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय