इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज « Khabarhub

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लक्जेम्बर्ग– युरोपेली संसद्को निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले ज्याँ मेरी ले पेनका उत्तराधिकारीले दायर गरेको अपिल बुधबार खारेज गरिदिएको छ । 

गत वर्ष इयूको संसद्ले ले पेनले संसद् कोषलाई अनुचित रूपमा संसद्को खर्चको रूपमा अनुचित तरिकाले व्यक्तिगत मामिलामा खर्च गरेको भन्दै तीन लाख युरो (तीन लाख ४८ हजार अमेरिकी डलर) फिर्ता गर्नुपर्ने माग गरेकी थिइन्।

अनियमितताविरूद्ध काम गर्ने यूरोपेली कार्यालय (ओएलएएफ) को एक रिपोर्टअनुसार सन् २००९ देखि २०१८ को बीचमा ले पेनले छाता, भान्साको तराजू, डेस्क घडी, स्मार्ट घडी, भर्चुअल रियालिटी ग्लास र १२९ वटा वाइनका बोतललगायत अनावश्यक सामानको खर्च देखाएर बिल पेश गरेको भन्दै उनका उत्तराधिकारीले आवाज उठाएका थिए ।

ले पेन र यस वर्षको सुरुमा उनको मृत्युपछि फ्रान्सको नेशनल ¥याली पार्टीको नेतृत्व गर्ने उनकी छोरी मरीन र उनका भाइबहिनीहरूले मुद्दाबारे अपील गरका थिए । 

‘जनरल कोर्टले ले पेन र उनका उत्तराधिकारी दुवैले दायर गरेको मुद्दा खारेज गरेको छ,’ युरोपेली सङ्घको न्याय अदालतको तल्लो निकाय मानिने एक अदालतले गरेको एक निर्णयमा भनेको छ ।

निर्णयमा भनिएको छ, ‘संसद्लाई ‘रिकभरी’ को निर्णयलाई अङ्गीकार गर्न र ‘डेबिट नोट’ जारी गर्नको लागी प्रेरित गर्ने प्रक्रिया कानूनी निश्चितता र वैध अपेक्षाहरुको संरक्षणको सिद्धान्त विपरीत छैन।’

उक्त फैसलाविरुद्ध अपिल गर्न सकिन्छ । दशकौंसम्म फ्रान्सेली राजनीतिक संस्थापनका लागि भारी बनेका नेता जाँ मेरी ले पेनको जनवरीमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : १४ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन