नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ हुँदै « Khabarhub

नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ हुँदै


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ आयोजना हुने भएको छ । साउन २ गते देखि नेपाल प्रहरी क्लब प्रदर्शनी मार्ग काठमाडौंमा नेपाल र चीनको सांस्कृतिक आदन प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना हुने भएको हो ।
 
फिनिक्स इनस्पिरेशन आयोजना गर्ने सम्मेलनका उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने फीनिक्सका प्रमुख विनोद ब्लोनले जानकारी दिएका छन् । 
उक्त सम्मेलन फीनिक्सले गरेको तेस्रो सम्मेलन भएको ब्लोनले जानकारी दिएका छन् । 

सम्मेलनमा नेपाल र चीनका विद्यार्थीहरूले दुवै देशको संस्कृति झल्काउने गीत, संगीत र नृत्य प्रस्तुत गर्ने ब्लोनले जानकारी दिएका छन् ।

 ‘चीन र नेपाल दुवै देशबाट ७०–७० जनाको शिक्षक तथा विद्यार्थीको प्रतिनिधिमण्डल आदानप्रदान गरिएको छ’, ब्लोनले भने, ‘नेपालतर्फबाट टोली जुलाईको पहिलो साता चीन भ्रमणमा गएको थियो भने चिनियाँ प्रतिनिधिमण्डल जुलाईको मध्यतिर नेपाल आएको थियो ।’

सम्मेलनमा चीनका राजदूत छन सोङ, राष्ट्रिय सभा सदस्य माननीय अञ्जना शाक्य, र चीनको इंवा एकेडेमी अफ थेन्चिनका प्रमुख लिन स्याङ्याङ लगायतको सहभागिता रहने ब्लोनले जानकारी दिएका छन् । 

फीनिक्सले नेपालमा चिनियाँ भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल विभिन्न विद्यालयहरूमा चिनियाँ भाषा कक्षा सञ्चालन भइरहेका छन्, जसका कारण नेपाली विद्यार्थीहरू चिनियाँ भाषामा दक्ष बन्दै गएको फीनिक्सले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ५७ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र