वीरगञ्जमा ट्यांकरमार्फत खानेपानी वितरण गरिने « Khabarhub

वीरगञ्जमा ट्यांकरमार्फत खानेपानी वितरण गरिने


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला विपद् व्यवस्थापन समितिले मधेश सरकार र अन्य निकायबाट प्राप्त ट्यांकर प्रयोग गरी वीरगञ्ज महानगरसहित यहाँका विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ । 

ट्यांकर र दमकलबाट नेपाली सेनामार्फत पानी वितरण गर्ने  निर्णय समितिले गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिए। 

वितरणका लागि आवश्यक पानी उपलब्ध गराउन खानेपानी संस्थानलाई अनुरोध गरिएको छ । बैठकले  दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेशका सम्बन्धित निकायमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले खानेपानीको अभाव भएका जनताका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने जनाएको छ ।

खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले संस्थानले दैनिक ८० लाख लिटर बढी खानेपानी उत्पादन गरेपनि वितरण प्रणाली बजेट अभावका कारण व्यवस्थित हुन नसकेको बताए।

‘यहाँका खानेपानीका उपभोक्ताले जथाभावी मोटरबाट पानी तान्ने प्रवृत्तिले समस्या देखिएको छ,’ उनले भने, ‘‘पानीको हाहाकार भएपछि पछिल्लो १५ दिनको अवधिमा नयाँ धारा जडान गर्न नौ सय बढी ग्राहकले निवेदन दिएका छन् ।’

वीरगञ्ज महानगर–२८ का वडाध्यक्ष सरयुग महतो धनुकले आफ्नो वडामा वीरगञ्ज महानगर र खानेपानी मन्त्रालयले एउटा पनि डिप बोरिङ नगरेको गुनासो गरे । वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो वडामा पनि खानेपानीको चर्को अभाव भएकाले ट्याङ्करमार्फत खानेपानी वितरण गर्न जरुरी रहेको बताए।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले प्राधिकरणबाट ग्राहक बनेर मात्रै डिपबोरिङबाट खानेपानी वितरण गर्न सम्बन्धित निकायलाई आह्वान गरे।

‘टोल–टोलमा हुकिङ गरेर डिप बोरिङ चलाउँदै आइरहेको भेट्टाएका छौंँ । ती डिप बोरिङको स्वामित्व लिएर विद्युत्को मिटर जडान गरेर खानेपानी वितरण गर्नका लागि अनुरोध गर्दछौँ,’ उनले भने। 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०९ बजे

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा