प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन (तस्बिरहरु) « Khabarhub

प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन (तस्बिरहरु)


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामा भइरहेको व्यापारीकरण र मौलिक हकको उल्लंघनको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका छन्। बुधबार साँझ नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरेका छन्।

डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा प्रदर्शन गर्दै विद्यार्थीहरूले पुत्ला जलाएका हुन्। संगठनका सचिव डीबी शाहीका अनुसार, साउन २ गतेका लागि घोषणा गरिएको देशव्यापी शैक्षिक हड्ताललाई सफल बनाउन यो कार्यक्रम गरिएको हो।

शाहीका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ३० बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा