अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले « Khabarhub

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रेड कार्पेटमाथि स्वागत गरेका  छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रूसी समकक्षलाई अलास्काको विमानस्थलस्थित रनवेमै पुगेर स्वागत गरेका छन्। यही अमेरिकी सैन्य बेसमा दुवै नेताबीचको उच्च–स्तरीय बैठक हुने तय भएको छ।

ट्रम्प एयर फोर्स वनमार्फत पुटिनभन्दा केही समयअघि बेसमा पुगेका थिए। रेड कार्पेटको अन्त्यमा ‘अलास्का २०२५’ लेखिएको ठूलो बोर्ड राखिएको । रेड कार्पेटको दुवैतर्फ चारवटा अमेरिकी लडाकु विमान पार्क गरिएको छ ।

दुवै राष्ट्रपतिहरूको प्रारम्भिक वार्तामा केवल उनीहरू र सहायक मात्रै सहभागी हुनेछन्। त्यसपछि विस्तारित बैठकमा पूर्ण प्रतिनिधिमण्डल सहभागी हुनेछन्। वार्तापछि ट्रम्प र पुटिनले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार यो शिखर बैठक ६ देखि ७ घण्टासम्म चल्न सक्छ। युक्रेन युद्ध मुख्य विषय हुने अपेक्षा गरिए पनि यसभन्दा धेरै फराकिलो वार्ता हुनेछ।

पेस्कोभका अनुसार वार्तामा रूस–अमेरिका द्विपक्षीय सम्बन्ध, सम्भावित संयुक्त आर्थिक परियोजना, र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि छलफल हुनेछन्।

पुटिनको नेतृत्वमा रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ, र राष्ट्रपति आर्थिक दूत किरिल दिमित्रिएभ रहेका छन्, जसले युक्रेन युद्ध समाधान प्रक्रियामा प्रमुख भूमिका खेलेका छन्।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, अमेरिकी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री मार्को रुबियो, सीआईए निर्देशक जोन राटक्लिफ, युक्रेन र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसन्ट, र वाणिज्य मन्त्री हावर्ड लुटनिक छन्।

रक्षा मन्त्री पिट हेगसेथ पनि विस्तारित बैठक र लञ्चमा सहभागी हुनेछन्।

पुटिन योसहित आठौँ पटक अमेरिका पुगेका छन् । तर यसपटक उनी करिब एक दशकपछि अमेरिका भ्रमणमा गएका हुन् । उनी अन्तिम पटक सन् २०१५ मा अमेरिकामा आएका थिए । त्यसबेला उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर तत्कालीन राष्ट्रपति बाराक ओबामासँग वार्ता गरेका थिए।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : २४ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक