पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन « Khabarhub

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले अन्य थप केही कुरा बताएनन्

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता भइरहेको समयमा पनि रुसी सेनाले युक्रेनमा मान्छे मारी रहेको बताए।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए । तर, उनले यसलाई बुँदागत रूपमा भन्न चाहेनन् ।

ट्रम्पले यस विषयमा जेलेन्स्की र युरोपेली नेतालाई जानकारी गराउने बताए । उनले रुसी समकक्षीलाई फेरि भेट्ने आशा गरेका छन् । त्यो भेट मस्कोमा हुनसक्ने छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : ०० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका