नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने « Khabarhub

नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार नख्खु कारागारमा सरुवा गरेर ल्याउने भनिए पनि समय एकीन नभएको नख्खु कारागार स्रोतले जनाएको छ ।

लामिछानेले कारागार विभागमा दिएको निवेदनका आधारमा शुक्रबार सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

‘कारागार विभागले लामिछानेलाई सरुवा गर्ने निर्णय गरिसकेको छ तर कति बजे, कहिले ल्याउने कुरा सरुवा गर्ने र सरुवा भई आउने कारागारको समन्वयमा निर्णय हुन्छ ।’ निर्देशक नेपालले भनिन्, ‘सुरक्षाको अवस्था हेरेर दुई कारागारबीचको सहमतिमा ल्याइन्छ ।’

नख्खु कारागारका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले ‘टाइम फिक्स’ नभएको प्रतिक्रिया दिए । उनले थप जानकारीका लागि ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीसँग जानकारी लिन अनुरोध गरे । एसपी जोशीले लामिछानेलाई ल्याउने निर्णय भए पनि त्यसबारे थप जानकारी नभएको बताए । उनले कारागार प्रशासनसँगै जवाफ माग्न अनुरोध गरे ।

लामिछाने गत चैत २५ देखि उच्च अदालत बुटवलको आदेशमा रुपन्देही कारागारमा छन् । रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । कारागार सरुवा हुने भएपछि लामिछानेलाई स्वागत गर्न रास्वपा समर्थितहरू नख्खु कारागार पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ३२ बजे

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमिकोट– हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई