सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा « Khabarhub

सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारागार व्यवस्था विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरणबारे पूर्ण विवरण उपलब्ध नगराएको पाइएको छ ।

खबरहबले लामिछानेको स्थानान्तरणबारे राखेको जिज्ञासामा रास्वपाका प्रवक्ता मनिष झाले विस्तृत जानकारी आफूहरूले नपाएको प्रतिक्रिया दिए । भैरहवामा रहेका प्रवक्ता झाले स्थानान्तरणको निर्णय थाहा भए पाए पनि समयबारे केही जानकारी नदिएको बताए ।

‘स्थानान्तरणको निर्णय भएको छ । आजै (शनिबार) काठमाडौं लगिने भन्ने छ,’ उनले खबरहबसँग भने, ‘तर, कति बेला लगिन्छ भन्ने बारे हामीले पनि केही जानकारी पाएका छैनौँ । हामी अहिले भैरहवामै छौँ ।’

नख्खु कारागार स्रोतले पनि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार ल्याउने भनिए पनि समय एकीन नभएको जनाएको छ । कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले पनि स्थानान्तरणको समयबारे अनभिज्ञता जनाइन् ।

‘कारागार विभागले लामिछानेलाई सरुवा गर्ने निर्णय गरिसकेको छ । तर कति बजे, कहिले ल्याउने कुरा सरुवा गर्ने र सरुवा भई आउने कारागारको समन्वयमा निर्णय हुन्छ,’ निर्देशक नेपालले भनिन्, ‘सुरक्षाको अवस्था हेरेर दुई कारागारबीचको सहमतिमा ल्याइन्छ ।’

नख्खु कारागारका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले ‘टाइम फिक्स’ ९समय तय० नभएको प्रतिक्रिया दिए । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले पनि लामिछानेलाई नख्खु ल्याउने निर्णय भए पनि थप जानकारी नभएको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्