युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प « Khabarhub

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन् ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिनुभयो, यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण दिएका छैन ।

‘हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ,’ ट्रम्पले भने। उनले युरोपेली मुलुकहरूलाई पनि अलिकति संलग्न हुनुपर्ने उल्लेख गर्दै, तर अन्ततः यो जिम्मेवारी जेलेन्स्कीको रहेको बताए।

यसअघि शुक्रवार, ट्रम्प र पुटिनबीच एंकोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचार्डसनमा झण्डै तीन घण्टा लामो वार्ता भएको थियो । यो सन् २०२१ पछि दुई राष्ट्रपतिबीच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ५ : १४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले