भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति « Khabarhub

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार रुपन्देहीको १२६ दिनको थुनापछि काठमाडौं आउँदैछन् । उनी भैरहवाबाट जहाजमा चढेपछि समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि भेला भएका छन् ।

रास्वपा लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि भैरहवामा रहेका प्रवक्ता मनिष झाले कारागार प्रशासनले सभापति लामिछानेसँग भेट गर्न नदिएको बताएका छन् । उनीसँगै रहेका उपसभापति स्वर्णिम वाग्लेले समेत सभापति लामिछानेलाई भेट्न खोज्दा कारागार प्रशासकले ‘आज भेट्न मिल्दैन’ भनेर फर्काइदिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले रविसँग विमानस्थलमा दुई मिनेट कुरा गर्न पाएको उल्लेख गर्दै सभापति लामिछानेले दिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् । लामिछानेले भेटमा राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।’ भनेको उल्लेख गरेका छन् ।

उनले लामिछानेसँग विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गरेको र विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न पाएको उल्लेख गरेका छन् । प्रवक्ता झाले फेसबुकमा लेखेका छन्-

सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणे कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन । मैले सोधे, कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन।

काठमाडौँ जानु हुदैछ, के सोच्दै हुनुहुन्छ? वहाँले भन्नुभयो, “पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”

“भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”

“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।” “म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।” “४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने।

मैले प्रमाण मागे उसले बल देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।” “तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।” सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्‍यो। “अब काठमाडौँमा भेटौला है” भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको युए 860 बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ५ : २६ बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद