चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु « Khabarhub

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ ।

कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैनभने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : २० बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।