इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत | Khabarhub Khabarhub

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो ।

जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवाखोलाखमा रु एक करोड ४३ लाख ७६ हजार २९७ को लागतमा ४८ दशमलव ६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो ।

सोही आर्थिक वर्षमा सक्नेगरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ । केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा रु एक करोड ८५ लाख आठ हजार ५३८ को लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ । कृष्णरडाइमनरअभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्मझौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिए ।

राजस्व सङ्कलन वृद्धि

सडक डिभिजन कार्यालयले आव २०८१/८२ मा रु दुई करोड दुई हजार २३० राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०८०/८१ मा रु ३३ लाख ५४ हजार ७९९ रुपैयाँ राजस्व सङ्कलन गरेको गरिएको थियो ।

कार्यालयले प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ७३ लाख ५५ हजार ९७०, बेरुजु फछ्र्यौटबाट रु ८४ लाख ५० हजार २१३, अन्य राजस्वबाट रु २५ लाख ३६ हजार ४७ र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १६ लाख ६० हजार राजस्व सङ्कलन गरिएको लेखा अधिकृत प्रेमकुमार लिम्बूले जानकारी दिए ।

कार्यालयले गत आवमा सम्झौता गरेर पनि काम नगर्ने चार वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरेको थियो । मेची राजमार्गअन्तर्गत बिब्ल्याँटे–राँके सडक मर्मतको जिम्मा लिएको कपिलदेव कन्ट्रक्सन, राँके–फिदिम र बिब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडक मर्मतको जिम्मा लिएको पिङ्की कन्ट्रक्सन र फिदिम– सुकेटार सडक मर्मतको जिम्मा लिएको तिम्सिना निर्माण सेवासँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरिएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ४० बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना