दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु « Khabarhub

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुईवटा कोठाबाट सेवा सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिए । उनले भने, ‘हाल दुईवटा कार्यकक्षबाट सेवा सुरू गरेका छौँ । अन्य कक्ष मर्मतसम्भार हुँदैछन्, सञ्चालन हुने सेवाकाबारेमा सेवाग्राहीलाई पूर्वजानकारी दिँदै जानेछौँ ।’

प्रजिअ शर्माले अहिलेको विषम परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चूनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सुरु गरिने जानकारी दिए । उनका अनुसार भदौ २४ गते जेनजी प्रदर्शनका कारणमा प्रशासनको भवनमा आगजनी गरिँदा मुख्य भवनसहित सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरामा जेनजी प्रदर्शनमा आगजनी गरिएका मालपोत, नापी कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीका मुख्य चाप हुने कार्यालयबाट सेवा सुरु हुन सकेका छैनन् ।

ती कार्यालयमा कर्मचारीले दैनिक सरसफाइ गरिरहेका छन् । यसैगरी, पोखरा महानगरपालिकाको सेवासमेत सुरु हुन सकेको छैन । (रासस)

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : २२ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि