धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’ « Khabarhub

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी लिन काठमाडौं पुग्दा भारतीय दूतावास जानुपर्ने भएपछि आफू मन्त्री खान हच्किएको बताएका छन्।

काठमाडौं आएर नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री पदका लागि गरेको डिलमा असफल भएपछि धरान फर्किएका हर्कले अहिले भने दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएको टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जालमा गएरातिदेखि नै राष्ट्रवाटी स्टाटस राख्दै यस्तो बताएका हुन्। उनले आफूलाई खानेपानी र श्रम तथा रोजगार गरेर दुई वटा मन्त्रालय दिएको तर भारतीय दूतावास जानुपर्ने भनेपछि हच्किएको बताएका हुन्। उनले हर्क साम्पाङ को हो भनेर पछि थाहा हुनेसमेत टिप्पणाी गरेका छन्।

‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुई वटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म ! भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो। हर्क साम्पाङको हो भन्ने।’

मेयर साम्पाङले यस्तै पोस्ट लगातार फेसबुकमा गरेका छन्। केही भिडियो रिलसँगै उनले आठ घण्टामा दर्जन पोस्ट गरेका हुन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ८ : ०४ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा