धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’ « Khabarhub

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी लिन काठमाडौं पुग्दा भारतीय दूतावास जानुपर्ने भएपछि आफू मन्त्री खान हच्किएको बताएका छन्।

काठमाडौं आएर नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री पदका लागि गरेको डिलमा असफल भएपछि धरान फर्किएका हर्कले अहिले भने दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएको टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जालमा गएरातिदेखि नै राष्ट्रवाटी स्टाटस राख्दै यस्तो बताएका हुन्। उनले आफूलाई खानेपानी र श्रम तथा रोजगार गरेर दुई वटा मन्त्रालय दिएको तर भारतीय दूतावास जानुपर्ने भनेपछि हच्किएको बताएका हुन्। उनले हर्क साम्पाङ को हो भनेर पछि थाहा हुनेसमेत टिप्पणाी गरेका छन्।

‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुई वटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म ! भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो। हर्क साम्पाङको हो भन्ने।’

मेयर साम्पाङले यस्तै पोस्ट लगातार फेसबुकमा गरेका छन्। केही भिडियो रिलसँगै उनले आठ घण्टामा दर्जन पोस्ट गरेका हुन्।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ८ : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको