जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै | Khabarhub Khabarhub

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो ।

प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको यकिन विवरण सङ्कलन गर्दै मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । भदौ २४ मा भएको प्रदर्शनमा कैलालीमा सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका भौतिक संरचरनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर १०८ वटा सरकारी कार्यालयका भवनमा आगजनी, तोडफोड र लुटपाट भएका छन् । प्रदर्शनका क्रममा १०० वटा चारपाङ्ग्रे गाडी र करिब ५४३ वटा मोटरसाइकल, छ वटा तीनपाङ्ग्रे, १५ वटा साइकलमा आगजनी भएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रदेश सरकारको सदरमुकामसमेत रहेको धनगढीमा सबैभन्दा बढी सरकारी कार्यालयका संरचनामा क्षति भएको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत क्षति पुगेको उनले बताए ।

प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत संरचनामा क्षति भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार प्रहरीले ती मन्त्रालयको क्षतिको विवरण आइतबारदेखि सङ्कलन गरिरहेको छ ।

सूचना अधिकारी जोशीका अनुसार आगजनीले क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयको प्रहरीले मुचुल्का सङ्कलन गरेको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले सचिवालय भवन, प्रशासनिक भवन आगजनीले जलेर नष्ट भएको बताए । प्रहरीले मुचुल्का सङ्कलन गरिसकेपछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम अघि बढाइने उनको भनाइ छ ।

यहाँस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका मन्त्रालयको मुचुल्का सङ्कलन पश्चात सरसफाइ गरी सञ्चालनका लागि वैकल्पिक उपाय खोजेर प्रशासनिक काम अघि बढाउने तयारी भइरहेको बताइएको छ । (रासस) 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ०९ बजे

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै

दसैँसम्म मितेरी पुल निर्माण हुने

रसुवा– नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन