प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ « Khabarhub

प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतसँग छलफल गरेकी छन् ।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रूइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रूइतसँग आग्रह गरेकी हुन् ।

जवाफमा डा रूइतले सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा. रूइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने पत्रकारहरूलाई बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले आफ्नो जिम्मेवारी नछाड्ने बताएका हुन् ।

रूइतले आफू चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने कुरा उनल बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : १५ बजे

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष