अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु « Khabarhub

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकु मारिएको दाबी गरेको छ । हाल ती क्षेत्रमा तालिबानको उपस्थिति बढ्दो क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

यो कारबाही शनिबार भएको आक्रमणपछि भएको हो । शनिबार भएको आक्रमणमा पाकिस्तानी तालिबान टिटिपीले दाबी गरेअनुसार छिमेकी जिल्लामा १२ जना सैनिक मारिएका थिए ।

सेनाले सोमबार ढिलो सार्वजनिक गरेको विज्ञप्तिमा सप्ताहन्तमा ३१ जना ‘ख्वारिज’ मारिएको जनाइएको छ । ‘ख्वारिज’ शब्द हाल अधिकारीहरूले टिटिपी लडाकूहरूलाई सम्बोधन गर्न प्रयोग गर्दै आएका छन् ।

विज्ञप्तिमा पाकिस्तानले भारतमाथि आतङ्कवादीहरूलाई सहयोग गरेको आरोप लगाएको छ । दुई आणविक शक्ति भएका छिमेकी मुलुकहरू पाकिस्तान र भारतले लामो समयदेखि एकअर्कालाई आतङ्कवादी समूहहरूलाई समर्थन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै आएका छन् ।

सेनाले उक्त क्षेत्रमा ‘भारतद्वारा प्रायोजित अन्य आतङ्कवादीहरूलाई समाप्त गर्न सफाइ अभियान सञ्चालन भइरहेको’ पनि जनाएको छ ।

सन् २०२१ मा अफगान तालिबान काबुलमा सत्तामा फर्किएपछि अफगान सीमा क्षेत्रमा आतङ्कवादी गतिविधि बढेको हो । सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला दुई महिनामा टिटिपी लडाकूहरूको उपस्थिति अझै बढेको छ ।

टीटीपी अफगान तालिबानबाट अलग भए पनि नजिकको सम्बन्ध राख्ने समूह हो । यसले पाकिस्तानभित्रै सुरक्षा बलहरू विरुद्ध आक्रमण गर्दै आएको छ ।

इस्लामाबादले अफगानिस्तानमाथि उसका आतङ्कवादीहरूले पाकिस्तानमा आक्रमण गर्न अफगान भूमिको प्रयोग गरेको आरोप लगाउँछ । तर काबुलका अधिकारीहरूले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् ।

एएफपीको तथ्याङ्कअनुसार यस वर्ष मात्रै उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा सशस्त्र समूहका आक्रमणमा चार सय ६० भन्दा बढी मानिस मारिएका छन् ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष लगभग एक दशकयताकै सबैभन्दा घातक सावित भएको थियो । त्यस वर्षमा मात्र एक हजार छ सयभन्दा बढी मानिस मारिए । त्यसमा आधाभन्दा धेरै सैनिक र प्रहरी अधिकारीहरू परेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ०९ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ