दसैँसम्म मितेरी पुल निर्माण हुने « Khabarhub

दसैँसम्म मितेरी पुल निर्माण हुने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न हुने भएको छ ।
 
रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दसैँअघि नै पुल तयार हुने भएको छ । 
 
आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो ।

उसले केही दिनअघि मात्र ल्हेन्दे खोलामा हिमपाइप राखेर आवतजावतमा सहज बनाई जग खन्ने उपकरण नेपालतर्फ ल्याएको थियो ।
 
दिनहुँजसो हुने गरेको झरी–वर्षाका कारण ल्हेन्दे खोलामा पानीको बहाव बढी  बिच्छ्याइएका हिमपाइपभन्दा माथिबाट पानी बग्न थालेपछि निर्माण सामग्री ढुवानीमा अवरोध सिर्जना भई काममा बाधा पुगेको फिल्ड सुपरभाइजरले स्पष्ट गरेको छ ।
 
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले दूरीका हिसाबले सङ्घीय राजधानीबाट सबैभन्दा नजिकको रसुवागढीस्थित मितेरी पुल निर्माण वर्षाका कारण प्रभावित भए पनि चिनियाँ पक्षको काम गराइको रफ्तारलाई हेर्दा दसैँअघि नै पुल निर्माण भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको बताए ।   रासस

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ०२ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको