महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन « Khabarhub

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटबाट सेवा सञ्चालन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित, दुई इलाका प्रहरी कार्यालय, १५ प्रहरी चौकी तथा अस्थायी पोष्ट गरी जम्मा ३८ प्रहरी युनिटबाट सेवा प्रवाह भएको छ । 

‘सबै प्रहरी युनिटबाट पुनः जनताको कामकाज पूर्ववत् रुपमा सञ्चालन भएको छ’, उनले भने। 

सदरमुकाम जलेश्वरसहित १० नगरपालिका र ५ गाउँपालिकामा प्रहरीको ३८ युनिटमा सात सयभन्दा बढी प्रहरी जनशक्ति कार्यरत रहेका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ०४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय